थाहा नगरपालिकाको हरेक वडामा सहकारी संघसंस्थासँग साझेदारी कार्यक्रममार्फत कृषि उद्योग लगायतका व्यवसाय प्रवद्र्धन गरिने भएको छ । कृषि उपज बजारीकरण गर्न सहकारी र निजी क्षेत्रसँग आवश्यक सहकार्य गरी बजार प्रणाली विकास गर्ने पालिकाको नीति छ ।

सहकारी संस्थाका संचालक समितिका पदाधिकारी र व्यवस्थापकहरुलाई समयानुकुल क्षमता अभिवृद्धिको लागि तालिम तथा क्षमता विकास गर्ने, थाहा नगरस्तरीय सहकारी संजालसँग नियमित बैठक बसी आपसी समझदारी र सहकार्यमा कार्यक्रमहरु संचालन गरिने, सहकारी दिवसको अवसरमा विभिन्न विषयगत क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्ने सहकारी संस्थाहरुलाई मापदण्ड बनाई पुरस्कृत गर्ने नीति थाहाको रहेको छ ।

कोपोमिस प्रयोगलाई कडाइ गर्दै नगरपालिकाका निष्कृय रुपमा रहेका सहकारी संस्थाहरुलाई खारेजी, एकै प्रकृतिका सहकारीहरुबीच एकीकरण गरी सहकारी संस्थाहरुबीच गाभ्ने र गाभिने प्रक्रियालाई प्रवद्र्धन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी