थाहानगरमा परम्परागत शैलीमा नगरपालिकाबाट नक्सा पास गरी घर बनाउने घरधनीलाई प्रोत्साहन स्वरुप नक्शा पासमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइने भएको छ । बनिसकेको घरलाई साँस्कृतिक पहिचान कायम गरी परिमार्जन गर्न चाहने घरधनीलाई घर अभिलेखीकरणमा पनि छुट दिइने भएको छ ।

थाहा नगरपालिकाको ऐतिहासिकता, मौलिक भाषा तथा साँस्कृतिक विविधतालाई संरक्षण र विकास गरिने छ । नगरपालिका क्षेत्रमा निर्माण भएका संग्राहलयहरुको प्रवद्र्धन र अधुरा संरचनाहरु निर्माण पूरा गरी संचालनको व्यवस्था मिलाइनेछ । थाहा नगरपालिकामा रहेका होटल तथा रिसोर्टको अभिलेख पालिकाको अनलाइन प्रणालीमा राखिने थाहाको नीति छ । पर्यटनसंग सम्बन्धित व्यसायलाई अनलाइन प्रणालीमा आवद्ध गराई पर्यटकको डिजिटल अभिलेखीकरण गर्ने जनाइएको छ ।

थाहा नगरपालिकाभित्रको ऐतिहासिक क्षेत्रहरु, मठमन्दिर, शिलालेख, गढी, भग्नावशेष स्थानहरु लगायतको पुरात्विक अभिलेख व्यवस्थापनका लागि पुरातत्व विभागसँग सहकार्य गरी अभिलेखीकरण गर्ने, पर्यटन प्रवद्र्धनका लागि अन्तरपालिका सहकार्य परियोजनाहरु पहिचान गरी पैदलमार्ग तथा ग्रामीण हाइकिङ रुटको प्रवद्र्धन गर्ने नीति छ । थाहा फोटो प्रदर्शनी आयोजना गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन पार्क निर्माण, दामन सिमभन्ज्याङ क्षेत्रलाई समेटेर मोनोरेल संचालन र सिमभन्ज्याङ–भैसे केवलकार संचालनको संभाव्यता अध्ययन गर्ने समेत पारित नीतिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी