मकवानपुर जिल्लाको थाहा नगरपालिकामा बसेर निरन्तर साहित्य साधनामा क्रियाशील स्रष्टा लक्ष्मण बर्तौला ‘बिर्खे अञ्जान’लाई हेटौंडामा आयोजित एक समारोहबीच विशिष्ट युवा प्रतिभा सम्मान २०८० समर्पित गरिएको छ । हेटौंडामा ११ र १२ असारमा संचालित बागमती प्रदेश युवा सम्मेलनमा बिर्खे अञ्जानलाई सो सम्मान गरिएको हो ।

बागमती प्रदेशका १३ जिल्लाका १५० जना युवाहरूको उपस्थितिमा श्रम, सीप र व्यवसायलगायत सूचना र सञ्चारको सन्दर्भमा छलफल भइ युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंबाट ११ बुँदे हेटौंडा घोषणापत्र जारी गरिएको थियो । सो कार्यक्रममा थाहाका साहित्यकार बिर्खे अञ्जानलाई नगद २५ हजार रुपियाँसहित प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले सम्मानित गरेका हुन् ।

अञ्जानका एकल ४ वटा पुस्तक र सहलेखनका ३ वटा पुस्तक सहित ७ वटा कृति प्रकाशित छन् । बागमती प्रदेशको आर्थिक बर्ष २०७९ ÷०८० को वार्षिक कार्यक्रम अनुसार प्रतिस्पर्धा मार्फत उनी छनोट भएका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बिर्खे अञ्जान मूलतः कवि हुन् । यसका अतिरिक्त समालोचना र कथा पनि उनबाट लेखिदै आएको छ ।

पालिका प्रेस
थप जानकारी