मकवानपुर थाहा नगरपालिकामा संचालित खानेपानी उपभोक्ता समितिहरुलाई थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा आवद्ध हुनका लागि सूचना आव्हान भएको छ । खानेपानी बोर्डको कार्यकारी समितिबाट भएको निर्णयका आधारमा नगरपालिकाले बोर्डमा आवद्ध हुनका लागि १५ साउनमा सूचना आव्हान गरेको हो ।

सूचना अनुसार थाहा नगरपालिकाको १ देखि १२ नम्बर वडासम्मका खानेपानी उपभोक्ताहरुले बोर्डमा आवद्ध हुनका लागि निवेदन पेश गर्न सक्नेछन् । आवद्धताको लागि “खानेपानी आयोजनाहरुको प्रारम्भिक मूल्याङ्कन तथा बोर्डमा आवद्धता सम्बन्धी निर्देशिका २०८०” बमोजिम उपभोक्ता समितिहरुले आवश्यक कागजातसहित आवद्धता हुनका लागि निवेदन दिनूपर्ने हुन्छ । निर्देशिका अनुसार बोर्डमा आवद्धताको लागि उपभोक्ता समितिहरुले वार्षिक साधारण सभा वा विशेष सभाले बोर्डमा आवद्ध हुने भनी गरेको सर्वसम्मत वा बहुमतको निर्णय, उपभोक्ता समितिको लेखापरीक्षण प्रतिवेदन, सम्बन्धित खानेपानी आयोजनालाई बोर्डमा आवद्ध हुन वा गराउन आयोजना रहेको वडा कार्यालयले बोर्डका नाममा लेखी पठाएको सिफारिस पत्र र उपभोक्ता समितिको निवेदन संलग्न गरी आवद्धताको लागि पेश गर्नुपर्नेछ ।

थाहानगरको खानेपानी सेवालाई एकीकृत रुपमा संचालनको लागि उपभोक्ता समितिहरुलाई बोर्डमा आवद्धता गराउन लागिएको थाहानगर प्रमुख तथा बोर्डका अध्यक्ष विष्णु बहादुर विष्टले जानकारी दिए । विष्टले नगर क्षेत्रका उपभोक्ता समितिहरुलाई निर्देशिका बमोजिमको प्रक्रिया पूरा गरी बोर्डमा आवद्ध हुन आग्रह गरेका छन् ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी