मकवानपुरको मनहरी गाउँपालिकाको गाउँ कार्यपालिका बैठक प्रत्येक वडा कार्यालयमा बस्ने जनाइएको छ । ३२ भाद्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं कार्यपालिकाका सदस्यसचिव मोहनकुमार श्रेष्ठले यो कुरा जानकारी दिएका हुन् ।
‘कार्यपालिका बैठकलाई पालिकामा मात्र सीमित नराख्ने उद्देश्यले जनप्रतिनिधिले नै यो निर्णय गर्नुभएको हो’ , श्रेष्ठले भने, ‘कतिपय सदस्यहरु टाढाबाट पनि आउनुपर्ने भएकाले सबैलाई समान गर्न यो नयाँ अभ्यास थालेका हौं ।’ गाउँपालिकाको कार्यपालिका वैठक नियमित गर्न केही समयअघि महिनाको २ पटक अनिवार्य गर्ने निर्णय भएको थियो । आपतकालीन बैठकबाहेक हरेक महिनाको १ र १६ गते बस्ने बैठक पालैपालो सबै वडामा मोवाईल बैठक हुने श्रेष्ठको भनाई छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्