मकवानपुर थाहा नगरपालिकामा २ जना कर्मचारीका लागि दरखास्त आव्हान भएको छ । पालिकाले आर्किटेक इन्जिनियर र कृषि प्राविधिकको लगि दरखास्त खुलाएको हो ।

पालिकाको सूचना अनुसार लोकसेवा आयोगको अस्थायी तथा वैकल्पिक सूचीमा रहेकाहरुले निवेदन दिने गरी ७ दिने सूचना ११ भाद्रमा प्रकाशन भएको छ । आर्किटेकतर्फ सातौं तह र कृषितर्फ सहायक चौथो तहका लागि विज्ञापन भएको हो ।

यसैबीच नगर प्रहरी करार पदपूर्ति गरेको केही दिनमै वैकल्पिकले समेत जागिर खान पाउने गरी सुचना गरिएको छ । नगर प्रहरी जवान पदमा २ जना रिक्त हुन गएकोले पदपूर्तिका लागि वैकल्पिकलाई मौका दिन लागिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस सूचनाहरु

पालिका प्रेस
थप जानकारी