मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा श्री कृष्ण जन्माष्टमीको अवसरमा लिटिल राधाकृष्ण प्रतियोगिता भएको छ । प्रतियोगितामा राधातर्फ सेन्ड्रिना केसी र कृष्णतर्फ आरोन केसी विजयी भएका छन् ।

त्यसैगरी राधातर्फ ऋषिका रायमाझी द्वितीय र अनुस्का गोपाली तृतीय भएका थिए । कृष्णतर्फ सिद्धान्तराज विष्ट द्वितीय र समभव लामा तृतीय भए । राधाकृष्ण प्रतियोगिताका विजयीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ नगद पुरस्कार पाएका थिए । उक्त पुरस्कारहरु मध्ये राधातर्फ प्रथम पुरस्कार अञ्जल प्रधान, द्वितीय पुरस्कार रोहन कुमार सिंह र तृतीय पुरस्कार ईश्वर कार्की ओम नमः ट्रेडर्सले प्रायोजन गरेका थिए भने कृष्णतर्फको प्रथम पुरस्कार नवीन रायमाझी, द्वितीय पुरस्कार राघवेन्द्र मिश्र र तृतीय पुरस्कार हृदयकृष्ण रायमाझीले प्रायोजन गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा सुमित्रा केसी र ब्रम्हकुमारी सर्मिला प्रधान रहेको कार्यक्रम व्यवस्थापन समितिका निरज रायमाझीले जानकारी दिए ।

प्रतियोगितामा राधातर्फ १२ र कृष्णतर्फ २० जना बालबालिकाको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगिताका विजयी बालबालिकाहरुलाई पुरस्कार र सहभागीहरुलाई लिटिल राधाकृष्ण गिफ्टह्याम्पर वितरण गरिएको थियो । गिफ्टह्याम्पर हिमालयन बोर्डिङ स्कूल, पालुङ मोडर्न इङ्लिस मिडियम स्कूल, पालुङ भ्याली हार्ट एकेडेमीले र श्री माइलस्टोन मन्टेश्वरीले विजेता अवार्ड प्रायोजन गरेको रायमाझीले बताए ।

श्री कृष्णा जन्माष्टमी मेलाको अवसरमा आयोजित विभिन्न झाँकी तथा बाजा समूहहरुलाई पनि सहभागीतात्मक पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा कुन्छाल महिला बाँसुरी समहूलाई नगद दश हजार रुपियाँ, तामाङ ढ्याङ्ग्रो नाच समूह थाहा–५ र थाहा–७ आग्रालाई पाँच÷पाँच हजार, महिला पञ्चेबाजा समूहलाई दश हजार, नेवारी बाजा तथा लाखे नाच समूहलाई दश हजार, लिटिल लाखेलाई पाँच÷पाँच हजार रुपियाँ तथा खैजडी भजन समूहलाई दश हजार रुपियाँ पुरस्कार उपलब्ध गराइएको समितिका निरज रायमाझीले जानकारी दिए ।

शिखरकोट बजार ब्यबस्थापन समिती, शिखर क्लब, दामन चेली समाज, नवजागृत पुस्तकालय तथा गोपाली गाउँको नेवारी समुदायकोे साँस्कृतिक समूहको आयोजना कार्यक्रम भएको हो । कार्यक्रममा सहयोग तथा समन्वय गर्ने सबैलाई शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले धन्यवाद दिए । कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको छ ।

पालिका प्रेस
थप जानकारी