कृष्णाष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा भएको २३ औं घैटो फुटाउने प्रतियोगितामा बागेश्वरी युवाक्लब थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँ प्रथम भएको छ बागेश्वरीले प्रथम भएसंगै नगद २० हजार पुरस्कार प्राप्त गरेको छ ।

शिखरकोट बजार ब्यबस्थापन समिती, शिखर क्लब, दामन चेली समाज, नवजागृत पुस्तकालय तथा गोपाली गाउँको नेवारी समुदायकोे साँस्कृतिक समूहको आयोजना कार्यक्रम भएको प्रतियोगितामा आग्रा समूह द्वितीय र थाहानगरपालिका वडा नम्बर–५ समूह तृतीय भएका छन् । उक्त समुहहरुले क्रमशः १३ हजार र ७ हजार रुपियाँ पुरस्कार पाएको छ । कृष्ण जात्राको अवसरमा भएको घैटो फुटाइ प्रतियोगिताको माझ वृहत साँस्कृतिक कार्यक्रम, श्रीकृष्णको रथयात्रा, बजागाजाको साथमा लाखेनाच समेत भएको थियो ।

प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनीका युवा व्यावसायी, समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योगका संचालक रामराजा केसीले प्रायोजन गरेका थिए । त्यस्तै दोस्रो पुरस्कार सिद्धि विनायक विल्डर्स वासिङ प्लान्ट प्रा.लि.का संचालक विपिन गोपालीले र तेस्रो पुरस्कार साहारा रिसोर्टका सञ्चालक हरेराम कार्कीले प्रायोजन गरेको आयोजक समितिका निरज रायमाझीले जानकारी दिए ।

घैटो फुटाई प्रतियोगिता वि.सं. २०५४ सालदेखि शुरु भएको हो । तीनवर्ष अघि लगातार दुई वटा जात्रामा भने कोभिड–१९ को संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।

 

गणेश विष्ट
थप जानकारी