

कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० कर्मचारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले कर्मचारी निलम्बनमा परेपछि दैनिक कामकाजमा समस्या भएको बताए । “प्रशासनका प्रमुख कर्मचारीमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि नगरपालिका समस्यामा परेको छ”, उनले भने, “लेखा शाखामा एउटा पनि कर्मचारी थिएन अहिले एक जना लेखापाल कोलेनिकाबाट पठाएको छ ।”
उनले पालिकामा जनशक्ति पर्याप्त नहुँदा सामान्य कामबाहेकका काम हुन नसकेको बताए । उनले अहिले नगरपालिकामा भएको जनशक्तिबाट कर्मचारी व्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको बताए । “अहिले नगरपालिकाकै जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका छौँ”, उनले भने, “कर्मचारी नहुँदा हामीलाई काम गर्न निकै सकस भइरहेको छ ।”
प्रतिक्रिया दिनुहोस्