थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा राष्ट्रिय बालदिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ जनकल्याणको आयोजनामा घैटो फुटाइ कक्षा ९ र १०, बोरा दौड छात्र ६–८ चम्चा गुच्चा दौड कक्षा ४ र ५, सियो धागो दौड छात्रा कक्षा ४–५ ,बेलून फुटाइ कक्षा १–३,म्युजिकल चेयर छात्रा कक्षा ६–८, र बैयत्तिक सरसफाइ कक्षा १–३ सहित विभिन्न कृयाकलाप गरिएको जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा अतिरिक्त कृयाकलाप संयोजक शिक्षक रामकुमार बलले जानकारी दिए ।

कार्यक्रम पश्चात् सहभागीलाई पुरस्कार बितरण गर्दै विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुर्व्यवहार गैह्रकानूनी ओसार–पसारजस्ता बालअधिकारविरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण आदि सुधार हुनुपर्ने बताए । कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थित रहेको थियो ।

पालिका प्रेस
थप जानकारी