थाहा नगरपालिका वडा नम्बर १२ को नागदह प्राथमिक विद्यालयका ८६ जना विद्यार्थीले ब्याग तथा स्टेशनरी सहयोग पाएका छन् । विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई गोअहेड मिसन नेपाल नामक संस्थाले ४४ जना विद्यार्थी र ४१ जनालाई स्थानीय युवाहरुको सक्रियतामा विद्यालय जान प्रयोग हुने ब्याग सहयोग पाएका हुन् ।

ब्यागको साथै विद्यार्थीहरुलाई कपी, पेन्सिल, रंगहरुलगायतका शैक्षिक सामाग्रीहरु सहयोग गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर १२ का कार्यबहाक वडाध्यक्ष युवराज जिम्बाको विशेष उपस्थितीमा कार्यक्रम भएको थियो । ब्यागसहित शैक्षिक सामाग्री सहयोग पाएपछि विद्याथीृहरुले खुशी व्यक्त गरेका थिए । विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोग गर्ने सबैलाई शिक्षकहरुले धन्यवाद दिए ।

पालिका प्रेस
थप जानकारी