न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि विज्ञापन माग गरेको हो ।

ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।  सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।

 

यता ठूलो संख्यामा रिक्त अन्य सेवाका सहसचिव र उपसचिवहरुको विज्ञापन भने लोक सेवा आयोगले विशेष कारण भन्दै रोकेको छ ।

पालिका प्रेस
थप जानकारी