थाहानगर उद्योग वाणिज्य संघले आगामी १४ मंसिरदेखि २५ मंसिरसम्म सञ्चालन हुने चौंथो थाहा महोत्सवका लागि भारी सङ्ख्यामा कर्मचारी भर्ना गर्ने भएको छ । १९ कात्तिकमा एक विज्ञापन प्रकाशन गर्दै संघले महोत्सवका लागि ‘भारी सङ्ख्यामा कर्मचारी आवश्यक भएको’ भन्दै इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । कम्तिमा १२ कक्षा उत्तीर्ण गरेका १८ वर्षमाथिका इच्छुक व्यक्तिहरुले आगामी ५ मंसिरसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

आयोजकले अन्तरवार्ता विधिबाट कर्मचारी छनोट गर्ने र अन्तरवार्ताको मिति ६ मंसिरमा तोकिने सूचनामा उल्लेख छ । दरखास्तको साथ शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि १/१ प्रति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति र पासपोर्ट साइजको फोटो २ प्रति संलग्न गर्नुपर्नेछ । दरखास्त दिन चौंथो थाहा महोत्सवको सचिवालय, शिखरकोटमा पुग्नुपर्नेछ ।

तलब स्केल समझदारीमा कायम गरिने सूचनामा जनाइएको छ ।

पालिका प्रेस
थप जानकारी