लोकसेवा आयोगले हिजो ४८५ जना शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार ५ वटा जिल्ला बाहेक अन्य जिल्लाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन । सबैभन्दा बढी स्याङ्जा जिल्लाबाटै मात्र ३४ जना थपिएका छन् । हिजो सार्वजनिक नतिजा अनुसार स्याङ्जाजिल्लालाई गुल्मीले पछाएको छ । गुल्मीबाट मात्र २७ जना थपिएका छन् ।

यस्तै अर्घाखाँचीबाट १८ जना शाखा अधिकृतले नाम निकाल्न सफल हुँदा झापाबाट १३ जना,मोरङ्,सर्लाही,काभ्रेपलाञ्चोक,मकवानपुर,सिन्धुली,खोटाङ जिल्लाबाट बाह्र/ बाह्र जनाका दरले नाम निकाल्न सफल भएका छन् । यस्तै विवरण अनुसार, खोटाङबाट ११ जना शाखा अधिकृत बन्न सफल भएका छन् । आयोगको विवरण अनुसार,महोत्तरी,पाल्पा,कञ्चनपुरबाट १०/ दश जना शाखा अधिकृत थपिएका छन् । यस्तै थपिएका ४८५ शाखा अधिकृतमध्ये ओखलढुंङ्गा,बाग्लुङ,दाङबाट ९/ ९ जना,भोजपुर,बारा,गोरखा,नवलपरासी,प्यूठान,दैलेख,बाझाङबाट ८/ आठ जनाका दरले शाखा अधिकृतमा नाम निकाल्न सफल हुँदा सप्तरी,काठमाडौं,दोलखा,ललितपुर,तनहुँ,रुपन्देही,सुर्खेतबाट सात/ सात जना शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् ।

आयोगका नतिजा अनुसार,इलाम,उदयपुर,संखुवासभा,सुनसरी,धनुषा,पर्सा,धादिङ,नुवाकोट,बर्दिया र रुकुमबाट ६/ ६ जनाका दरले शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् । यता,रौतहट,कास्की,बाँँके,जुम्लाबाट ५/ ५ जना थपिँदा,तेह्रथुम,पाँचथर,चितवन,भक्तपुर,कपिलबस्तु,सल्यान,कैलाली र दार्चुला लगायतका जिल्लाबाट ४/ ४ जना शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् भने ताप्लेजुङ।धनकुटा,सिरहा,रामेछाप,लमजुङ,अछाम र बैतडीबाट तीन तीन जना शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् ।

यस्तै जाजरकोट,मुगु,डडेल्धुरा,डोटी जिल्लबाट २/ २ जना शाखा अधिकृत बन्दा,सिन्धुपाल्चोक,म्याग्दी,रोल्पा,कालिकोट र हुम्लाबाट १/ १ जनाका दरले शाखा अधिकृतमा नाम निकाल्न सफल भएका छन् । ५ वटा जिल्ला भने निल छन् जसमा रसुवा,मनाङ,मुस्ताङ,डोल्पा र बाजुरा रहेका छन् ।

पालिका प्रेस
थप जानकारी