लायन्स क्लव अफ पिस थाहा र लायन्स क्लव अफ धादिङ मलेखु टाउनको पदस्थापन कार्यक्रम थाहानगरमा भएको छ । शिखरकोटको शंकर होटलमा भएको कार्यक्रममा दुबै लायनसको लायन वर्ष २०२३÷०२४ को लागि निर्वाचित पदाधिकारीको २० पौषमा पदस्थापन गरिएको हो ।
लायन्स क्लव अफ पिस थाहाका वर्ष २०२३÷०२४ का लागि निर्वाचित अध्यक्ष गिता कार्कीलाई निवर्तमान अध्यक्ष जयराम खत्रीले पद हस्तान्त्रण गर्नु भएको थियो भने लायन्स क्लव अफ मलेखु टाउनका लायन बर्ष २०२२÷०२३ का अध्यक्ष अजय त्रीपाठीले लायन बर्ष २०२३÷०२४ का अध्यक्ष ठन्डराज सिलवाललाई पद हस्तान्तरण गरेका हुन । पदभार ग्रहण गर्दे पिस थाहाका अध्यक्ष गिता कार्कीलेले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा निर्वतमान अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा सम्पन्न पदस्थापना कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर पिएमजिएफ भिमलाल पौडेल तथा बिशिस्ट अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीको रहेको थियो । कार्यक्रममा सेकेन्ड भिडिजी धनिराम बराल, पिएमसिसी गिरीधारी शर्मा, प्रो इन चिफ दिपक खरेल, डिस्ट्रीक चिफ गिता शर्मा, काठमाडौं आरम्भ देउरालीका अध्यक्ष पुर्णीमाया शर्मा, पुर्व अध्यक्षहरु कल्पना घिमिरे, शान्ता पाण्डे, दुर्गा केसी, प्रथम उपाध्यक्ष यामकुमारी रानाभाट, द्वितीय उपाध्यक्ष भगवती सापकोटा, लायन्स क्लव अफ पिस थाहाका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायत लायन्स क्लव अफ मलेखुका पदाधिकारीहरु, लायन्स क्लव थाहाका पुर्व अध्यक्षहरु २०२३÷०२४ का पदाधिकारीहरुको लगायतका उपस्थिती रहेको थियो। कार्यक्रम लायन बर्ष २०२३÷०२४ का सचिव निरज रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्