शिवराज चौलागाईं

हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको सरुवा भएको छ । उपमहानगर आएको ३ वर्षको सेरोफेरोमा उनको सरुवा भएको हो । सरकारले १७ फागुनमा प्रमुख प्रशासकीय चौलागाईसहित ४३ जना सहसचिवको एकैपटक सरुवा गरेको हो ।

चौलागाईंको राष्ट्रिय दलित आयोगमा सरुवा भएको छ । हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा रहेका रामबाबु पुरी आउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारि समा मन्त्रिपरिषद्ले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत् ४३ जना सहसचिवको सरुवा गरेको हो ।

पालिका प्रेस
थप जानकारी