बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा ४ सय ५७ जना नर्सका लागि आवेदन माग गरिएको छ । निर्देशनालयले आज पत्रिकामा सूचना प्रकासीत गर्दै नर्सको माग गरेको हो । बागमती प्रदेशका सामुदायिक बिद्यालयमा सेवा गर्नेगरी ठुलो संख्यामा नर्स माग गरिएको निर्देशनालयका निर्देशक दिपक प्रसाद तिवारीले बताउनुभयो ।
यसअघि पनि पहिले ५ सय १९ वटा सामुदायिक बिद्यालयमा रहेका नर्स मध्यमा रिक्त १ सय २८ जना र ३ सय २९ वटा कक्षा १२ सम्मका बिद्यालयमा नर्स राख्नका लागि आवेदन माग गरिएको तिवारीले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालयको चालु आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार, “एक विद्यालय, एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भएको हो ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र अर्थात आगमी चैत्र १४ गते कार्यालय समयभित्र एक स्थानीय तहमा मात्र आवेदन दिन सक्ने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी