१५ जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

कार्यक्षमता र ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा विभिन्न सेवामा राजपत्रांकित तृतीय श्रेणीबाट राजपत्रांकित द्वितीय श्रेणीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

नेपाल शिक्षा सेवाका १२ जना र नेपाल विविध सेवाका तीन जना गरेर १५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।