६ जना उपसचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवको सरुवा गरेको हो ।

जसमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव राजमणि निरौलालाई उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरेको छ ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई बर्दियाको राजापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।
३२ शाखा अधिकृतको पनि सरुवा

मन्त्रालयले ३२ जना शाखा अधिकृतको पनि सरुवा गरको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो ।

यि हुन सरुवा भएका ३२ जना शाखा अधिकृत