![](https://palikapress.com/wp-content/uploads/2022/02/education-ministry_VTQ1en6.jpg)
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।
केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रालयको ती दुई पत्र उधृत गर्दै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइबाट १५ दिनभित्र विवरण माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्