धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव लगायतका कर्मचारी गाडीमै कुटिएका छन् । २३ माघ दिउँसो नगरपालिकाको यदुकोहा चोकमा नगरपालिकाको ००१ झ ००६८ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा सवार अधिकृत यादव सहितका कर्मचारीलाई एक समूहले कुटपिट गरेको हो ।

नयाँ भवन अगाडी बाटोमै बसेर जाँड खाँदै गरेका केही युवााहरुको समूहलाई एक कर्मचारीले हटाउन खोज्दा कुटाई खानुपरेको एक कर्मचारीले बताए । ‘तीन–चार जना कर्मचारीसहित हाकिम सा’प आउँदै हुनुहुन्थ्यो’ ती कर्मचारीले भने, ‘हाम्रो बन्दै गरेको नयाँ भवनको अगाडी दुई चार केटाहरूले बाटोमा बाइक तेर्स्याएका रहेछन्, एक जना स्टाफले बाइक पछाडि गर्न खोज्दा केटाहरूले आइलागेछन्’

कुटपिटका क्रममा झ्यालमा बस्ने एक कर्मचारीलाई सामान्य चोट लागेको र अन्य कर्मचारीलाई भने केही नभएको ती कर्मचारीले बताए । उनका अनुसार पाँच जना जति गाडीमा सवार रहेका थिए ।

पालिका प्रेस
थप जानकारी