सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र तत्कालका लागि नचाहिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबार देशभरका स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जानकारी दिएको हो ।

देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गएकाले राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले लाभग्राही सूचीकरण तथा नवीकरण गर्न विभागले देशभरकै स्थानीय तहलाई निर्देशन दिएको हो ।

विभागको पत्र :

पालिका प्रेस
थप जानकारी