
कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ । केहीदिनदेखि अस्वस्थ्य नगर प्रमुखलाई १० साउनमा वीर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार थालिएको कार्यवाहक नगर प्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनले नगरका तर्फबाट विज्ञप्ति जारी गर्दै मेयरको आइसीयूमा उपचार भइरहेको बताएकी छिन् । मिर्गौलामा समस्या देखिएर आराम गर्नुपर्ने भएपछि नगर प्रमुख नकर्मीले गत २ साउनमा उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
उपमेयरका अनुसार आइसीयूमा राखेर उपचार जारी रहेकाले उनको थप स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिने क्रममा रहेको बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्