कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति १०:४० बजे निधन भएको उपमेयर शुभलक्ष्मी शाक्यले कान्तिपुरलाई जानकारी दिइन् ।

मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । उपमेयर शाक्यले भनिन्, ‘लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो । पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।’

श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिने पनि उपमेयर शाक्यले बताइन् ।

पालिका प्रेस
थप जानकारी