नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा गरिएको छ  । नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले शुक्रबार २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

शुक्रबार प्रहरीको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभएसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो ।

सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ ।

 

 

पालिका प्रेस
थप जानकारी