लियो क्लव अफ पिस थाहाले २०८० सालको एसईई परीक्षामा नगरपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । १२ साउनमा थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा डाँडाघरे बा को होमस्टेमा भएको कार्यक्रममा नगरपालिकाका विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै थाहा नगर प्रमुख बिष्टले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अवको उच्च शिक्षा अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे । विष्टले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए । सम्मान कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा सरस्वती विद्या मन्दिर बज्रवाराहीका सुजन श्रेष्ठ ३.६८, स्मृती गोपाली ३.७३ सुस्मिता सिं ठकुरी ३.७३ अमन जैसवाल ३.७७ लखिन्द्र मुखिया ३.९५ त्यसैगरी इअन इङ्लिस स्कुल थाहा ६ का आशिष् थिङ ३.७० जिपिए, सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी बागेश्वरी मावि टिस्टुङका अमृत गोले ३.४७ भ्याली हार्ट एकेडेमी थाहा ३ का दिपशिखा रायमाझी ३.७९, शान्ती विष्ट ३.८२ र दिप्ती केसी ३.७० जिपिए रहेका छन् ।

सम्मान कार्यक्रमका विशेष अतिथि प्याव्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए । लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान, निवर्तमान अध्यक्ष गिता कार्की, लियो क्लवका पूर्व अध्यक्ष कमल बिष्ट, निवर्तमान अध्यक्ष रोशनी गोपाली, लियो तथा लायन्सका पदाधिकारीहरुलगायत विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा नगर प्रमुख विष्ट, प्याव्सन अध्यक्ष प्रधान, लायन्स क्लव अफ थाहा पिसका निवर्तमान अध्यक्ष गीता कार्की, बागेश्वरी माविका प्रअ बीरमान स्याङ्तान, विद्यार्थीहरु दीपशिखा रायमाझी, लखिन्द्र मुखिया विन, कार्यक्रम संयोजक विराज थापा, अध्यक्ष सिशिर खत्रीलगायतले शुभकामना दिदै उकृष्ट नतिजा ल्याएका विद्यार्थीहरु थाहा नगरको गहना भएको बताउदै भविष्यमा थाहा नगरको नाम समेत उच्च बनाउने जिम्मेवारी थपिएको बताएका छन् । डाँडाघरे बा को होमस्टे फाटबजारमा सम्पन्न कार्यक्रम सचिव अजय कार्कीले सञ्चालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी