
नेपाल विद्युत प्रधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र पालुङले वृक्षारोपण कार्यक्रम गरेको छ । वार्षिकोत्सवको अवसरमा वितरण केन्द्र पालुङ अन्तर्गत फाटबजारमा रहेको नव निर्मित सवस्टेसन परिसरमा वृक्षारोपण गरिएको हो ।
जलविद्युत् र प्रसारण लाइन आयोजनाहरू निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रुख काट्ने मात्र हैन रोप्छौं भन्ने सन्देश दिन प्राधिकरण आफैंले पनि वृक्षरोपण सुरु गरेको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । केन्द्रले एकसय वटा विरूवा रोपेको न्यौपानेले जानकारी दिए । कार्यक्रममा विद्युतका कर्मचारी लगायतको सहभागिता रहेको थियो । केन्द्रले धुपि, हलुवाबेद दाल्चिनी, किबिलगायत बिरुवा रोपिएको हो ।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षरोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्