सेयर बजारमा आकर्षण बड्दै गएपछि थाहानगरमा सेयर बजार सम्बन्धी तालिम प्रदान गरिने भएको छ । लियो क्लब अफ पिस थाहानगरले १ दिने सेयर अभिमूखीकरण सञ्चालन गर्ने भएको हो । २६ साउनमा क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा बसेको बैठकले आगामी २२ भदौमा थाहानगरमा शेयर अभिमूखीकरण सञ्चालन गर्ने निर्णय गरेको हो ।

शेयर तालिमको नेपाली सेयर बजारका विज्ञ सुवासचन्द्र भट्टराइले सहजिकरण गर्ने क्लवका सचिव अजय कार्कीले बताए । भट्टराई लामो समयदेखि नेपालको सेयर बजारमा सक्रिय छन् । उनको अनुभव नयाँ लगानीकर्ताको लागि उत्प्रेरणा हुने सचिव कार्कीले बताए । तालिममा १ सय जना भन्दा बढीको सहभागिता हुने क्लवले अनुमान गरेको छ । शेयर बजारमा नवप्रवेशी र लागानी गरिरहेको ब्यक्तिलाई सेयर कारोवारका बारेमा जानकारी गराउनको लागि तालिमको आयोजना गर्न लागिएको क्लवका पूर्वअध्यक्ष कमल बिष्टले जानकारी दिए ।

सेयर बजारमा लगानी गर्नुपूर्व बजार, कम्पनी लगायतको बारेमा बुझेर लगानी गर्दा प्रतिफल राम्रो हुने भएकोले सेयर बजारमा नयाँ लगानीकर्तालाई प्रोत्साहन गर्न तालिमको आयोजना गर्न लागेको अध्यक्ष खत्रीले बताए । उनले तालिममा सहभागिताको लागि ईच्छुक ब्यक्तिलाई नाम दर्ता गराउनको लागि अनुरोध गरेका छन् ।

पालिका प्रेस
थप जानकारी