थाहा नगरपालिकाको दुई स्थानमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। आत्महत्या रोकथाम सम्बन्धी दिवसका अवसरमा २५ भाद्रमा थाहा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सुरक्षित आप्रवासन कार्यक्रम(सामी)कार्यक्रमको सहकार्यमा नगरपालिकाको सेती गणेश आधारभुत विद्यालय र किटेनीको रुप्से किटेनी टोल बिकास संस्था थाहा–४ मा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

‘आत्महत्या रोकथाम बारे संवाद सुरु गरौः दृष्टिकोण बदलौ’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस– २०२४ मनाइएको छ । दुवै स्थानमा भएको सचेतता कार्यक्रममा सामीका मेलिना खत्री र सुनिता बस्नेतले सहजीकरण गरेका थिए ।

सहभागिहरुलाई सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी र मानसिक समस्याका कारण आतमहत्याका घटना बढ्दै गएका बताएका छन् । ईलाका प्रहरी कार्यालय पालुङको तथ्यांक अनुसार आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिका क्षेत्र भित्र ११ जनाले आत्महत्या गरेका थिए । आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

पालिका प्रेस
थप जानकारी