लितपुर महानगरले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वान गरेको छ ।

महानगरले करिब २ करोड रुपैयाँमा साइकल लेन बनाउने प्रस्तावसहितको टेन्डर मागको सूचना जारी गरेको हो । महानगरले १ करोड ९४ लाख २८ हजार १ सय ३४ रुपैयाँमा टेन्डर आह्वान गरेको हो ।

यस्तै, सोही टेन्डर सूचनामा महानगरमा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेन्डर आह्वान गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार ७ सय ८ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।

पालिका प्रेस
थप जानकारी