मकवानपुर थाहा नगरपालिकाको ऐतिहासिक सँस्कृतिक शहर पालुङमा १ असोजमा भव्यताकासाथ इन्द्रजात्रा पर्व मनाइएको छ । एक विशेष समारोकाबीच पालुङमा परम्परागत इन्द्रजात्रा मनाइएको हो । वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरी पालुङमा ईन्द्रजात्रा मनाइन्छ । प्रत्येक वर्ष पालुङ शहरमा भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मनाइँदै आएको छ ।

मेला अवलोकन कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको विशेष उपस्थिती रहेको थियो । पालुङको डबलीमा आयोजित इन्द्रजात्रामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझी, कृषि शाखा प्रमुख संजय तिवारी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याल तथा पालिकाका कर्मचारीको सहभागिता थियो ।

पालुङमा तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआजा गरी गणेश, इन्द्रायणी, भैरव, बाराही र कुमारीको नाच पालुङ शहरको डबलीमा नचाउने चलन छ । स्थानीय पुजारी सम्पूर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि अर्को वर्षको गठेमङगलमा मात्र निकाल्न मिल्ने परम्परा रहेको छ । संस्कृति र परम्परा जोगाउनका लागि पालिका र स्थानीयहरुले सहयोग र सहकार्य गर्नु आवश्यक रहेका इन्द्रायणी कालाभैरब गुठीका अध्यक्ष श्यामभक्त श्रेष्ठले बताए ।

हेर्नुहोस् फोटोहरुः

 

गणेश विष्ट
थप जानकारी