हिन्दूहरूको दोस्रो महान पर्व तिहार आएसँगै मकवानपुरको थाहा नगरपालिका पनि झिलिमिली बत्तीले सजाइएको छ। प्रमुखतः नगरको दामन पालुङ क्षेत्र झिलिमिली देखिएको छ । बजार क्षेत्र पनि भएकोले यो क्षेत्रमा बढि बिजुलीबत्तीहरु बालिएको देखिन्छ ।

अहिले हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ। झिलिमिली बत्तीले सजिएको नगर मनमोहक देखिएको छ।

तिहारलाई विशेष गरी उज्यालो पर्वको रुपमा समेत लिने गरिन्छ। उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ।

हेर्नुहोस फोटोहरुः

विशाल रायमाझी
थप जानकारी