पालिकाका कर्मचारीलाई स्थानीयले गालीगलौज गरेकाप्रति गैडहवा गाउँपालिका रुपन्देहीका कर्मचारीहरुले विरोध जनाएका छन् । पालिकामा कार्यरत अधिकृत छैठौं रमपत मल्लाहलाई २७ माघ दिउँसो कार्यकक्षमै गालीगलौज गरेको भन्दै पालिकाका कर्मचारीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर घटनाकोे विरोध जनाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ–‘गौडहवा गाउँपालिका वडा नम्बर ८ स्थायी बसोबास गर्ने दान बहादुर घर्ती, वडा नम्बर ३ का पुष्प रतन पाण्डेलगायतका व्यक्तिहरुले अधिकृत मल्लाहलाई गालीगलौज तथा अभद्र व्यवहार गरेकोमा गैडहवा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको छ ।’ राष्ट्र सेवक कर्मचारीकहरुको जीउज्यानको असुरक्षा भएको डरत्रासको वातावरण उत्पन्न भई कामकाज गर्ने वातावरण सृजना नभएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

पालिकामा काम गर्ने कर्मचारीको मनोबल कमजोर पार्ने गरी भएको स्थानीयको व्यवहारप्रति विज्ञप्ती मार्फत भत्र्सना गरिएको छ । साथै, पालिकाको कर्मचारीको सुरक्षाको माग गदै गैडहवा गाउँपालिका तथा प्रहरी प्रशासनसंग दोषीलाई कारबाहीको समेत विज्ञप्ती मार्फत माग गरिएको छ ।

विज्ञप्ती: