हेटौंडाकी कृष्णमाया श्रेष्ठले आफ्नो नाममा दर्ता र हकभोग रहेको जग्गामा जबर्जस्ती ढल निर्माण गर्न लागिएको भन्दै उक्त कार्य रोक्न आग्रह गरेकी छन् ।

हेटांैडा–४, स्कुलरोडस्थित कि.नं ८७२६ को सवा सात धुर जग्गामा उनको घर बनेको, सोको पूर्वतर्फ उत्तरदक्षिण ८ फिट बाटो नक्सामा कित्ताकाट भएको छ । स्कुल रोडस्थित भित्री सडक बिमल बा“स्कोटा र विजयराज सेढाईंको घरअगाडिसम्म ल्याएर हेउमनपा कार्यालयबाट बजेट निकासापछि कार्यसञ्चालन जारी छ । उक्त कार्यमा अवरोध गर्ने आफ्नो मनसाय नभए पनि कानुनले दिएको सुविधाअनुसार कि.नं ८७२३ को घरको दक्षिणतर्फ घर बनाएर बा“की रहेको निजी जग्गालाई समेत प्रयोग गरी वडा अध्यक्ष नवीन सिग्देल र वडा बस्ने दीपेन्द्र लामिछानेले जबर्जस्ती ढल निर्माण गर्न लागेको उनले बताइन् ।

उपभोक्ता समितिका अध्यक्ष समेतले सर्वोच्च अदालतमा चलेको उत्प्रेषण मुद्धामा अन्तरिम आदेशसमेत जारी भएको अवस्थामा पूर्व रिसइबीले आफ्नो जग्गा हड्प्ने नियतसहित मिलोमतो गरी ढल तथा बाटो स्तरीकरण गर्न वडा अध्यक्ष सिग्देलले आफ्नो पदीय हैसियत दुरुपयोग गरेको उनको आरोप छ । भित्री सडकका लागि उपमहानगर पालिकाले १७ लाख बजेट निकासा गराएर आफ्नो नक्सा स्रेस्ताभित्रको घरदेखि दक्षिण बा“की बसेको जग्गामा समेत पर्ने गरी निर्माण कार्य गर्न लागेको उनको गुनासो छ । उनले उपमहानगरका मेयर हरिबहादुर महतलाईसमेत यो बिषयको जानकारी गराउदासमेत ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले पदको दुरुपयोग गरी जवरजस्ती काम अघि बढाएको भन्दै श्रेष्ठले न्याय मागेकी छिन ।

श्रेष्ठले आफु अन्यायमा परेको भन्दै हेटौंडा उपमहानगरपालिका, स्थानीय विकास मन्त्रालय सिंहदरबार, काठमाडौं र वागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा पनि न्यायका लागि आग्रह गरेकी छिन् ।

पालिका प्रेस
थप जानकारी