बाराको जितपुरसिमरा उपमहानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनको लागि बाटो खुलेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ३ गते उर्मिला काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जीतपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएपछिको विवाद सर्वोच्चसम्म पुगेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा रोक्न उर्मिला काफ्लेले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएसंगै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बाटो खुलेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट माग दाबी नपुगेको भन्दै सर्वोेच्च अदालतले खारेज गरिदिएको छ । उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै सर्वोेच्चका न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।
सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रिक्त सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई भाद्र २७ गते पठाउने निर्णय गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव उर्मिला काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वाेच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन ।
सर्वोच्चले रिट खारेज गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बाटो खुलेको छ भने उर्मिला काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले बिरेन्द्रदेव भारतीलाई सहसचिबको दरबन्दीमा पठाउने निर्णय गरेकोले पुनः भारतीलाई पठाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्