संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ नियुक्ती पाएका शाखा अधिकृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षणका लागि रजिष्ट्रेसन गर्न सूचना जारी गरेको छ । मन्त्रालयले आगामी २ फागुनदेखि आयोजना हुन लागेको आधारभुत प्रशासन प्रशिक्षणका लागि नवनियुक्त शाखा अधिकृतहरुलाई रजिष्ट्रेसन गर्न सूचना निकालेको हो ।

लोकसेवा आयोगको सिफारिसद्धारा खुला प्रतियोगिताबाट शाखा अधिकृतमा नियुक्त भएका ४ सय ८८ जना कर्मचारीहरुको नवनियुक्त शाखा अधिकृतहरुलाई प्रशासनिक प्रशिक्षण लिनका लागि अनिवार्य रुपमा रजिष्ट्रेसन फाराम भर्न सूचना जारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जनशक्ति,योजना तथा विकास शाखाका अनुसार अधिकृतमा उत्र्तीण भइ नियुक्त भएका नेपाल प्रशासन सेवा,नेपाल परराष्ट्र सेवा,नेपाल लेखापरीक्षण सेवा र नेपाल व्यवस्थापिका संसद सेवाका नवनियुक्त ४ सय ८८ जना शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुका लागि आगामी फागुन २ गतेदेखि आधारभुत प्रशासनिक प्रशिक्षण सञ्चालन गर्न लागिएको हो । सो तालिम लिनका लागि अनिवार्य रुपमा रजिष्टेरेशन गर्न सूचना जारी गरिएको हो ।

रजिष्ट्रेसन गर्दा इमेल,लोक सेवाको वरियता क्रम नम्बर,पुरा नाम अंग्रेजी र नेपालीमा,लिंग,जन्म मिति ९नेपाली र अंग्रेजीमा०,ठेगना,सम्पर्क नम्बर,माथिल्लो शैक्षिक योग्यता,सेवाको प्रकार, तालिम अनुभव लगायतका विवरण उल्लेख गरी पेश गर्नुपर्ने छ ।

यस अघि अधिकृतस्तरका कर्मचारीहरुलाई ६ महिना तालिम दिइदै आएको थियो । यद्यपि अहिले कति महिना तालिम दिने भन्ने बिषयमा केही खुलाइएको छैन । तालिम अनलाइनमाध्यमबाट हुने वा भौतिक उपस्थितीमै दिन लागिएको हो सो बिषय पनि खुलाइएको छैन ।

रजिष्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस्

पालिका प्रेस
थप जानकारी