पछिल्लो दुई सातामै दुई सय बढी अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले थप ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । जसमध्ये लेखा परीक्षण समूहका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे) १४ गरी ३९ जना बढुवाका लागि सिफारिस गरेको हो ।उनीहरु सबै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । जसअनुसार,लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवामा परेका छन् ।

तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि बढुवा सिफारिसमा परेका छन् । इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन् ।

इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन् । जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन् ।
बिहिबारमात्र १६ जना अफिसरहरु उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले कार्यक्षमता मुल्यांकनबाट हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,लेखा समूहबाट १२ जना र नेपाल प्रशासन सेवा,राजश्व समूहबाट ४ जना गरी १६ अफिसर बढुवाका लागि सिफारिस गरेको हो ।

यस अघि कार्यक्षमता मुल्यांकनका आधारमा प्रशासन सेवा सामान्य प्रशासन समूह बिहिबारमात्र ३० जना अधिकृत उपसचिवमा बढुवा लागि सिफारिस भइसकेका छन् । यसरी बढुवा सिफारिस भएकाहरुमा बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा (उपाध्याय), इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल (खनाल), नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन् । त्यस्तै, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा परेका छन् ।

बढुवामा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि रहेका छन् ।

यस अघि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइड्रोपावर उपसमूहबाट सुजना तिमिल्सिना र सुमन्त कुमार साहलाई बढुवाका लागि सिफारिस गरेको छ ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइड्रोलोजी उपसमूहबाट साकेत कुमार कर्ण र नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल इञ्जिनियरिङ समूह,जनरल मेकानिकल उपसमूहबाट रोकनकुमार देव र जितेन्द्रप्रसाद शर्मा बढुवाका लागि सिफारिस भएका छन् । समितिले नेपाल इञ्जिनियरिङ सेवा मेटालर्जिकल इञ्जिनियरिङ समूहबाट कुनै पनि दरखास्त आवेदन नपरेको जनाएको छ ।

अघिल्लो एक सातामा मात्र ९६ जना अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस भइसकेकोमा पछिल्लो साता अरु एक सय अफिसरहरु उपसचिव बढुवाका लागि सिफारिस भएका हुन ।  बढुवा सिफारिस समितिको अघिल्लो साता शुक्रवार बसेको बैठकले थप १० जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको  ।

समितिको शुक्रवार बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह स्यानिटरी उपसमूहबाट सुजाता जोशी,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक समूहबाट सुरेन्द्रकुमार साह,रीता काफ्ले,पूर्णबहादुर श्रेष्ठ र गणेशबहादुर महर्जन साथैं नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,इरिगेसन उपसमूहबाट नवीनकुमार श्रेष्ठ,रणधीर झा,दिनेश पराजुली,टोपबहादुर खत्री क्षत्री र केशवप्रसाद अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।


यस अघि बिहिबारको बैठकले इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट ९ र नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह हाइवे उपसमूहबाट १३ जना गरी २२ जना अफिसरहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कर्ण, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यस अघि प्रशासन र लेखा,राजश्व र लेखापरीक्षण गरी ५९ जना अफिसरहरु बढुवाका लागि सिफारिस भइसकेका छन् ।

लेखापरीक्षण समूहबाट बढुवा सिफारिस भएकाहरुमा डोरमणि घिमिरे,विश्वम्भर श्रेष्ठ,सुन्दर भुजेल,किशोर पोखरेल,ठाकुर प्रसाद न्यौपाने,शैलेन्द्र कुमार भुसाल,कृष्णहरि दाहाm,पार्वती कँडेल लगायत छन् । उमेश सुवेदी,ताराध्वज सुनुवार,मोहनप्रसाद भट्टराई,रमेश पौडेल,वनमाली पौडेल,कृष्णप्रसाद शर्मा र जीवन कुमार मल्ल छन । त्यस्तै,कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ,यज्ञराज जोशी, कुमार आचार्य,हिमालय बराल, कुमारबहादुर खड्का,खुमप्रसाद सुवेदी,शेषकान्त पौडेल,केशवप्रसाद अर्याल,जीतेन्द्रजंग केसी,खगेन्द्र गिरी,दिनेश अधिकारी,बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी पनि सिफारिस भएका छन् ।

हरिप्रसाद गौतम,सुदर्शनराज पण्डित, सरस्वती पौडेल,कमला ज्ञवाली, ऋषिकुमार दाहाल,राजुप्रसाद न्यौपाने,टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका छन् ।।
बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले थप १४ जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।समितिको बैठकले नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन,राजश्व समूहबाट ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
प्रशासन सेवा,लेखा समूहबाट उपसचिवमा बढुवा सिफारिस भएकाहरुमा विनोद भट्टराई,नारायणप्रसाद दाहाल,हरिहर आचार्य,खिमप्रसाद आचार्य,श्रीराम दाहाल,रामभक्त रानाभाट,ध्यानकुमार राई,धर्मभक्त बस्याल,बद्रि प्रसाद अर्याल,शरणहरी लुँइटेल र तीर्थराज ओझा रहेका छन् ।

यस्तै राजश्व समूहबाट अनिल प्रसाद खड्का,खगेन्द्र श्रेष्ठ र टीकाराम गैह्रे गरी तीन जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
यी सबै कार्यसम्पादन मुल्यांकन र जेष्ठताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।यस्तै समितिको सोमबारको बैठकले प्रशासन सेवाका ३० जना अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।
बढुवा सिफारिसमा पर्नेमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना,गौतमराज अमात्य, अम्मरराज जोशी,महमद शेरे मुस्तफा,ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य परेका छन् ।

यो पटक सबै सेवा समूहबाट जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा गरी २१७ जना अफिसरहरु उपसचिवमा बढुवा हुँदैछन् ।

पालिका प्रेस
थप जानकारी