मकवानपुर थाहा नगरपालिकाको ऐसेलुखर्कमा भएको अन्तर पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधि सल्ले राम्चे युवाक्लबले हात पारेको छ । वडा नम्बर ८ को ऐसेलुखर्कमा २ माघमा भएको फाइनल खेलमा चण्डेश्वरी युवाक्लबलाई पराजित गर्दै सल्ले राम्चेले उपाधि आफ्नो पक्षमा पारेको हो । प्रतियोगितामा सल्ले राम्चे युवा क्लबले चण्डेश्वरीलाई २५–१८, २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधी चुमेसंगै सल्ले राम्चे युवा क्लबले नगद एक लाख सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चण्डेश्वरीले ५० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी सल्ले राम्चेका नवीन महतो पुतली घोषित हुँदा वेष्ट सेटर सल्ले राम्चेका मन्जिल गुरुङ बन्न सफल भए भने बेष्ट सर्भर सल्ले राम्चेकै बलराम सुवेदी घोषित भए । बेस्ट ब्लकर चण्डेश्वरीका प्रवेश कार्की, बेस्ट लिब्रो सल्ले राम्चेका अनिल मोक्तान र बेस्ट स्पाइकर चण्डेश्वरीका अफसोच साही ठकुरी घोषित भए ।

प्रतियोगितामा विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल निर्माण व्यावसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने तथा विशिष्ट अतिथी थाहा नगरपालिका नगर कार्यपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए । २८६१ औं सोनाम ल्होछारको अवसरमा आग्राको पर्यटनलाई चिनाउनको लागि मिनिी महोत्सवसहित प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताए ।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक, ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए । ४ दिनसम्म भएको मिन िमहोत्सवमा राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार, जितु लोप्चन, बाबुकृष्ण परियार, सानू केसी, सर्मिला गुरुङ (सरु), रजनी लामा र डान्सरहरु ममता रानामगर, पुजा सुनार, सविना राई, उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो। कार्यक्रममा तामाङ खाना, तामाङ संस्कृति झल्कने विभिन्न झाँकीसहित विविध स्टलहरु राखिएका थिए ।
नमुना जागरण युवा क्लवको अध्यक्ष जयराम घलानको अध्यक्षतामा भएको समापन समारोहमा थाहा नगरपालिकाका निवर्तमान उपप्रमुख खड्क गोपाली, वडा नम्बर ८ का अध्यक्ष हेम कुमार थिङ, वडा न ७ का अध्यक्ष शिवराज थिङ, वडा नम्बर ९ का अध्यक्ष राजकुमार बलामी, नेपाली काँग्रेस नगर उपसभापति नवराज कार्की, थाहा ८ का पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा, पालुङ जेसीजका महासचिव बिक्रम गोपाली, तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ, कार्यक्रमका आर्थिक संयोजक सिताराम घलान, आग्रा कृषि सहकारीका अध्यक्ष रमेश सेन्चुरी, रम्भादेबी एग्रीग्रेटका संचालक अर्जुन थापा, नेपाल भुतपुर्व सैनिक संघ मकवानपुर जिल्ला अध्यक्ष कमल कुमार केसीलगायतका आतिथ्यता रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्