भरतपुर महानगरपालिकाले महानगरको पहाडी क्षेत्रमा पर्ने विद्यालयका शिक्षकलाई आवासीय भत्ता दिन थालेको छ ।

महानगरको २९ नम्बर वडा पहाडी क्षेत्रमा पर्छ । सो वडाका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुलाई मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता उपलव्ध गराइएको नगरपालिकाले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा ९ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता उपलब्ध गराइने महानगकरो भनाइ छ । गत वर्ष ३३ शिक्षकले उक्त सुविधा पाएका थिए ।

पालिका प्रेस
थप जानकारी