थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले सामुदायिक विद्यालयको उचीत व्यवस्थापन गरी व्यावहारिक तथा रोजगार मूलक शिक्षामा लाग्नूपर्ने बताएका छन् । थाहानगरको १० नम्बर वडाको विसिङ्खेलमा रहेको चम्पाकेश्वर आधारभुत विद्यालयको १४ माघमा ६३ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख विष्टले यस्तो बताएका हुन् । विष्टले सामुदायिक विद्यालयलाई अगाडी बढाउन नगरपालिकाको तर्फबाट हरकदम सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकार लागिरहेकोले त्यसमा अभिभावक, शिक्षक, विद्यार्थीहरु सबैले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयकोतर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक बिनोद सुवेदीले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा प्रधानाध्यापक सुवेदीले विद्यालयमा १ सय १५ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तथा विभिन्न संस्था तथा व्यक्तिहरु तथा नगरपालिकाले सहयोग प्रदान गर्दै आएको उल्लेख गरे ।

 

यसैबीच विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा पुर्व विद्यार्थी बैकुण्ठ थापा र पुर्व जनप्रतिनिधि रामकृष्ण गमालले उपलब्ध गराएको शैक्षिक सामाग्री प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिन्द्र बहादुर थापाकोको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रमेश मगर, पूर्व विद्यार्थी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बैकुण्ठ थापा, पूर्व जनप्रतिनिधि रामकृष्ण गमाल, नाटेश्वर माबिका प्रधानाध्यापक धर्मेन्द्र अर्याल, पूर्व जनप्रतिनिधि दिपक गोपालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा थाहा १० का वडा सदस्य बिनोद कुमार बस्नेत, इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक लालमणी सिवाकोटी, टौखेल सहरी स्वास्थ्य केन्द्रका प्रमुख जोकमान बलामी, पूर्व अध्यक्ष कर्ण बहादुर गोपाली, शिक्षक अभिभावक संघका अध्यक्ष राजन थापालगायत शिक्षक, अभिभावक, विद्यार्थी,व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी