मकवानपुर जिल्लाका दश पालिकाका २२ हजार ७ सय १३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाउने लक्ष्य रहेको छ । देशव्यापी अभियानका रुपमा यही २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुने एचपिभी खोप अभियानका लागि स्वास्थ्य कार्यालय मकवानपुरले उक्त लक्ष्य राखेको हो । दश पालिकाका विद्यालय जाने २२ हजार ५९ जना छात्राहरु र विद्यालय नजाने ६ सय ५४ किशोरीलार्ई एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउनले लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार–जिल्लाका कक्षा ६ देखि कक्षा १० सम्मका १० देखि १४ वर्ष उमेर समुहमा पर्ने छात्रालाई लक्षित गर्दै खोप अभियान सञ्चालन गरिँदैछ । खोप अभियान मकवानपुरका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट सञ्चालन गरिनेछ । जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाका ११ हजार १७३ किशोरीलाई एचपिभी खोप लगाइँदै छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ४८६ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । हेटौंडा उपमहानगरका विद्यालयमा अध्ययनरत ११ हजार ६८ छात्रालाई खोप लगाउने लक्ष्य छ भने विद्यालय बाहिरका किशोरीको संख्या १ सय ५ रहेको छ । इन्द्रसरोवरको ४४८ विद्यालयका छात्रा र ३८ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने लक्ष्य छ ।
थाहा नगरपालिकाको १ हजार ८१६ विद्यालयका छात्राहरुलाई एचपिभी खोप लगाउने लक्ष्य छ भने ७३ जना विद्यालय बाहिरको बालिकालाई खोप लगाउने पालिकाले लक्ष्य राखेको छ । भीमफेदी गाउँपालिकाका ८ सय ११ विद्यालयका छात्रा र ३३ जना विद्यालय बाहिरका किशोरी, मकवानपुरगढी गाउँपालिकाको १ हजार १२ विद्यालयका छात्रा र ६१ जना विद्यालय बाहिरका किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य पालिकाको छ ।
त्यसैगरी मनहरी गाउँपालिकाले २ हजार २ सय विद्यालयका छात्रा र विद्यालय नजाने ६२ किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखेको छ भने, राक्सिराङ गाउँपालिकाले ७ सय ७९ विद्यालयका र १९ जना विद्यालय बाहिरका किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । कैलाश गाउँपालिकाले विद्यालयका ९ सय २२ र विद्यालय बाहिरका ७९ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ । बागमती गाउँपालिकाले विद्यालयका १ हजार ३०७ विद्यालयका छात्रा र विद्यालय बाहिरका ३२ किशोरीलाई तथा बकैया गाउँपालिकाका १ हजार ६९६ विद्यालयका छात्रा र विद्यालय बाहिरका १५२ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय मकवानपुरमा पेश गरेको सूचना अधिकारी घिमिरेले बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले खोप अभियानमा जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वयंमसेवक परिचालन गर्ने तयारी छ । उनले प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेवक परिचालन गरिने बताए । जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरी खोप अभियान प्रभावकारी बनाईने भन्दैे कार्यक्रममा खटिने स्वास्थयकर्मीहरुलाई तालिम दिईसकेको छ । आगामी २० माघ भित्र जिल्लाको १० वटै पालिकामा खोप पुग्ने समेत प्रमुख मिजारले जानकारी दिए ।
प्रमुख मिजारका अनुसार यो अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको बताए । महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचारसमेत सुनिश्चित गर्ने सरकारको योजना अनुसार यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताऐ । खोप कार्यक्रममा लक्षित समूहका छात्राहरूलाई अनिवार्य रुपमा सहभागी बनाउन समेत उनल आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्