विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन सम्बन्धी दुई दिवसीय तालिम मनहरी–४ स्थित पशुपतिनाथ माविमा १९ माघमा सकिएको छ । तालिम समापन विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको हो ।
विद्यालय तहमा लिइने परीक्षा प्रणालीमा एकरुपता ल्याउनका लागि तालिम आयोजना गरिएको मनहरी गाउँपालिका स्रोतशिक्षक बिदुरबिक्रम थापाले बताए । पशुपतिनाथ माविमा भएको तालिममा कृष्ण पौडेल र बिवशजङ थापाले सहजीकरण गरेका थिए । यो विद्यालयमा मनहरी–४ को सृजना प्रावि र चेपाङ प्राविका शिक्षक पनि सहभागी भएका थिए । विद्यालयमा कार्यरत शिक्षकका लागि विद्यार्थी मूल्याङ्कनमा समस्या आएको र तालिमले समस्या समाधान गर्न सहज हुने तालिममा सहभागी शिक्षक सपना लामाले बताइन् ।
सृजना प्राविका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले गाउँपालिकाले सबै शिक्षकलाई पुनर्ताजगी हुने गरी तालिम दिएकोमा खुशी ब्यक्त गरे । मनहरी गाउँपालिकाले गाउँपालिकाको ९ वटै वडामा एकैसाथ सुरु गरेको थियो । वडाभित्रका सबै विद्यालयका शिक्षकलाई एकैस्थानमा राखेर २ दिने तालिम प्रदान गरिएको हो । गाउँपालिकामा कार्यरत सबै विद्यालयका सबै शिक्षकका लागि पाठ्यक्रम र मूल्याङ्कनसम्बन्धी तालिम आयोजना गरिएको गाउँपालिका शिक्षाप्रमुख प्रदीप पराजुलीले जानकारी दिए । हरेक वडाका लागि २÷२ जना प्रशिक्षकले सहजीकरण गरेका थिए ।
वडा नं. १ को बालजीवनज्योति माविमा, वडा नं. २ को सीता माविमा, वडा नं. ३ को महेन्द्रज्योति माविमा, वडा नं. ४ को पशुपतिनाथ माविमा, वडा नं. ५ को भोजसिद्ध माविमा तालिम संचालन भएको शिक्षाप्रमुख पराजुलीले जानकारी दिए । त्यस्तै मनहरी–६ को राष्ट्रिय मावि सुनाचुरीमा, मनहरी–७ को राष्ट्रिय रोटरी माविमा, मनहरी–८ को महेन्द्रकिरण माविमा र मनहरी–९ को युवावर्ष गंगा आविमा तालिम चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्