प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक हेटौंडा–१२ नम्वर वडा विजयी भएको छ । शनिबार भएको फाइनल खेलमा हेटौंडा–११ लाई ३–१ को सेटमा पराजित गर्दै आयोजक विजयी भएको हो । प्रतियोगिताको पहिलो सेट २५–२२ ले विजयी भएको आयोजक दोस्रो सेटमा २५–२१ ले पराजित भयो ।

तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले विजयी हुँदै आयोजकले उपाधी चुम्यो । फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा १२ का सुरेन्द्र गोले घोषित भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हेटौँडा–१२ का कुशल तामाङ लो, हेटौंडा–१२ का उत्सव आले मगर सर्वोकृष्ट सेटर, हेटौंडा १२ कै बुद्धिकृष्ण दंगाल उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्पाइकर हेटौँडा–११ का निश्चल आले मगर घोषित भए । प्रतियोगितामा प्रथम भएको टिमले नगद ५० हजार रुपैयाँ र दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईंको सभाध्यक्षमा भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा १२ नम्वर वडाध्यक्ष अर्जुनप्रसाद तिवारी, ११ नम्बर वडाध्यक्ष जुना दहाल, प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल रघुनाथ खराल, सह प्रायोजक सनराइज बोर्डिङ स्कुल हेटौंडा–१३ का प्रनेश श्रेष्ठ, प्रायोजक लर्ड बुद्ध एकेडेमी हेटौंडा–१२ का डाइरेक्टर निबन्ध लामा, बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्र घलानलगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी