मकवानपुर थाहा नगरपालिकामा २२ माघबाट थाहानगर स्तरीय मेयर कप अन्तरवडा फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको नगर प्रमुख विष्णु बहादुर विष्टले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

१२ वटा वडा रहेको थाहानगरको ५ नम्बर वडा बाहेक अरु सबै वडाको सहभागिता रहेको शिक्षा तथा खेलकुद विकास शाखा थाहा नगरपालिकाले जनाएको छ । शाखाका शिक्षा अधिकृत सुर्य बहादुर थिङ्गले भने–‘थाहाको इन्द्रायणी चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ, खेल तोकिएकै समयमा शुरु हुन्छ ।’ प्रतियोगिताको व्यवस्थापन ऋषेश्वर ११ फुटबल क्लबले गरेको छ ।

प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने क्लबका केशब लामाले जानकारी दिए । लामाका अनुसार उद्घाटन खेल वडा नम्बर ८ र ९ बीच हुनेछ । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।

पालिका प्रेस
थप जानकारी