थाहा नगरस्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ८ नम्बर वडा विजयी भएको छ । वडा नम्बर ९ संग ३ ३ गोलको बराबरी खेलेको प्रतियोगिताको ट्राइबबेकरमा ८ नम्बर वडा विजयी भएको हो ।

वडा नम्बर ८ ले ९ नम्बर वडालाई ट्राइबबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगिताको म्यादअफ द म्याच ८ नम्बर वडाका प्रदिप थिङ ।

१२ वटा वडा रहेको थाहानगरको ५ नम्बर वडा बाहेक अरु सबै वडाको सहभागिता रहेको शिक्षा तथा खेलकुद विकास शाखा थाहा नगरपालिकाले जनाएको छ । प्रतियोगिताको व्यवस्थापन ऋषेश्वर ११ फुटबल क्लबले गरेको छ ।

प्रतियोगिताका विजयी वडाको टिमले नगद ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउने क्लबका केशब लामाले जानकारी दिए । लामाका अनुसार उद्घाटन खेल वडा नम्बर ८ र ९ बीच हुनेछ । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।

पालिका प्रेस
थप जानकारी