
हेटौंडा उपमहानगरपालिकाले फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने अभियानअन्तर्गत हेटौंडा–१५ लाई २२ माघमा १८औं बालमैत्री वडा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि विशिष्ट अतिथि उपप्रमुख राजेश बानियाँ र वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षमा भएको थियो।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकाका सबै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्यअनुसार अब अन्तिम वडा १४ नम्बरलाई बालमैत्री वडा घोषणा गरिनेछ । यससँगै हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री नगरको रूपमा औपचारिक रूपमा घोषणा गरिनेछ।
प्रतिक्रिया दिनुहोस्