मकवानपुरको बागमती गाउँ सरकारले १ फागुनमा सार्वजनिक बिदा दिएको छ । बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले ३० माघमा एक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। ३० माघकै गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्