
१ फागुनमा जनयुद्ध दिवसको बिदाका विषयमा धादिङको गजुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले ३० माघमा परस्पर विपरीत निर्देशन जारी गरेका छन् ।
अध्यक्ष गणेशलाल श्रेष्ठले १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थाहरु बन्द रहने बताएका छन् । तर गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बिदा दिने विषयमा गाउँ कार्यपालिका बैठकमा छलफल नभएको भन्दै बिदा नरहेको सूचना निकालेकी छन् ।
गाउँपालिका अध्यक्ष श्रेष्ठ माओवादी केन्द्रबाट र उपाध्यक्ष बिसुराल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गतवर्ष पनि यो विवादमै गजुरी गाउँपालिका रुमल्लिएको थियो ।
सूचना:
प्रतिक्रिया दिनुहोस्