
मकवानपुर राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तोलाको सरुवा भएको छ । अब राक्सिराङमा पदम बहादुर बस्नेत प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका छन् ।
गर्तौलाको गृह मन्त्रालयमा सरुवा भएको हो भने नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेत खाँडादेवी गाउँपालिकाबाट सरूवा भई आएका हुन् ।
१९ फागुनमा एक समारोहकाबीच गर्तौलाललाई विदाई र बस्नेतलाई स्वागत गरिएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख राजकुमार मल्ल तथा कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्