काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईँलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो ।

हिजो गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए । पत्र आउने बित्तिकै हिजै मन्त्री स्तरीय निर्णयबाट गुरागाईँलाई निरन्तरता दिन काठमाडौँ महानगरमा पत्राचार भएको थियो ।

तर, उक्त पत्र आउने बित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेल निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सञ्चालन गर्न’ माग गर्दै पत्राचार गरिएको हो ।

हेर्नुहोस् कामपाको पत्र :

पालिका प्रेस
थप जानकारी